दफा १४९
चालक, परिचालक, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको बीमा
(१) यातायात सेवामा संलग्न प्रत्येक सार्वजनिक सवारीको चालक, परिचालक, सुरक्षाकर्मी तथा सो सवारीमा काम गर्ने अन्य कर्मचारीको तोकिएको रकमको दुर्घटना बीमा सवारी धनी वा व्यवस्थापकले गर्नु    पर्छ ।
(२) सवारीको दुर्घटनाबाट चालक, परिचालक, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको अङ्गभङ्ग वा मृत्यु भएमा सो बापत पाउने बीमित रकम निज स्वयं वा निजको नजीकको हकवालाले पाउनेछ ।
(३) उपदफा (१) बमोजिम चालक, परिचालक, सुरक्षाकर्मीको बीमा नगराई यातायात सेवा सञ्चालन गर्दा कुनै सार्वजनिक सवारी दुर्घटना हुन गई निजहरूलाई कुनै पनि किसिमको हानि नोक्सानी भएमा निजहरूले पाउनु पर्ने उपदफा (१) बमोजिमको बीमा रकम निजहरू वा निजहरूको हकवालालाई सवारी धनी वा व्यवस्थापकले क्षतिपूर्ति बापत दिनु पर्छ ।